नेपालको तराई मधेश क्षेत्रमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ।
हिमाल पहाड क्षेत्रमा मनाएको दोश्रो दिन तराई मधेशमा होली पर्व मनाउने गरिन्छ । बिहीबार हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइएको थियो ।
आज तराई मधेशमा विशेष रुपमले रंगहरूको पर्व होली मनाइँदै छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ को रुपमा यो पर्वलाई चिनिन्छ।
होली पर्वको अवसरमा सरकारले आज मधेश तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ।
मिथिलाञ्चलमा भने भोलि मात्र होली पर्व मनाइन्छ । तराई मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट होली पर्व मनाउने परम्परा रहेको छ ।
आज जनकपुरधामको अन्तगरगृह परिक्रमा गरी मिथिला मध्यमा परिक्रमा समापन हुँदै छ । भोलि भने जनकपुरधाम क्षेत्र लगायत मिथिलाञ्चलमा होलि पर्व मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउँन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ।