Home समाचार मिनापको होरी महोत्सव आज देखि सुरु

मिनापको होरी महोत्सव आज देखि सुरु

0

जनकपुरधाम, चैत ३ गते ।

जनकपुरधाममा मिथिला नाट्यकला परिषद्को आयोजनामा बिहीबारदेखि होरी महोत्सव सुरु हुँदैछ। प्रत्येक वर्ष मिनापले प्रत्येक वर्ष परम्परागत संस्कृतिलाई बचाउन होरी महोत्सव गर्दै आएको छ।

मिनापको आयोजनामा बिहीबार हाँस्य कवि गोष्ठी र होरी महोत्सव तथा शुक्रबार महामूर्ख सम्मेलन हुने महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए।

होरी -जोगिरा गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागी हुने उनले बताए।

होरी गायन प्रतियोगितामा धनुषाको गिद्धा, बेलापटी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी जिल्लासहितको टिमले सहभागिता जनाउने छ।

जोगिरा गायन प्रतियोगितामा सहभागी हुने शीर्ष तीन टिमलाई सम्मानसहित पुरस्कार र अन्यलाई सान्त्वना शिल्ड प्रदान गरिने मिनापले जनाएको छ।

होरी महोत्सवको दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजना गरिनेछ । हालसम्म मुख्यमन्त्रीदेखि साहित्यकारसम्मले यो उपाधि पाइसकेका छन्।जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ।

मिनापले यस पटकको महामूर्खका लागि करिब दुई दर्जन विशिष्ट व्यक्तिहरुको सूची तयार पारेको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version