spot_img
शुक्रबार, चैत्र २८, २०८१
शुक्रबार, चैत्र २८, २०८१
- Advertisement -spot_imgspot_img
समाचारप्रवासएनआरएनएको सम्भावित विभाजन रोक्न जनसम्पर्क समितिका सभापतिहरुको अनुरोध

एनआरएनएको सम्भावित विभाजन रोक्न जनसम्पर्क समितिका सभापतिहरुको अनुरोध

न्युयोर्क,अमेरिका,मार्च १५ । नेपाली काँग्रेसको विदेशस्थित जनसम्पर्क समितिका सभापतिहरूले गैर आवासीय नेपाली संघभित्र पछिल्लो समय देखिएको समस्या समाधान गर्दै सम्भावित विभाजन रोक्न अनुरोध गरेका छन् । विभिन्न देशका सभापतिहरूको भर्चुअल छलफलमा एनआरएन विवादको विषयमा मातृ पार्टी नेपाली कांग्रेसको धारणा नै आधिकारिक हुने भन्दै पार्टी नेतृत्वलाई यसमा समन्वय गर्न अनुरोध गरेका छन् ।

एनआरएनमा विदेशमा छरिएर रहेका जनसम्पर्क समितिका सदस्यहरुको प्रभाव बढी छ । प्रतिनिधि विवादका कारण सिर्जना भएको एनआरएनको आन्तरिक विषयमा जनसम्पर्क समितिका विश्वका विभिन्न देशका सभापतिहरुको संयुक्त बैठकले सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक विचार पक्षधर सबैलाई एक ठाउँमा उभिन अनुरोध गरेका हुन् ।

- Advertisement -

छलफलमा विभिन्न २० मुलुकका सभापतिहरुको सहभागिता थियो। छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ,-‘गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनको केन्द्रीय प्रतिनिधि छनोट विवादले निम्त्याएको असहज परिस्थितिलाई बेवास्ता गर्दै एनआरएनएको वर्तमान नेतृत्वले एकतर्फी निर्वाचनको घोषणा गर्दै संस्थालाई विभाजनतर्फ उन्मुख गराएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसखाले गतिविधिप्रति तीव्र विमति जनाउदै सबै पक्षलाई मिलाएर निर्वाचन गर्न र संस्थालाई विभाजनबाट रोक्न सम्बन्धित सबै पक्षलाई जोडदार अनुरोध गर्दछौं।’

सभापतिहरुको यो संयुक्त बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलको विषयमा लिखित जानकारी गराउने निर्णय पनि गरेको छ। समितिका सभापतिहरुले पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा यस पहिले समितिका दुई जना सभापतिलाई मनोनित गरेकोमा सभापति देउवालाई धन्यवाद दिंदै यसपटक पनि सोही संख्या कटौती नगर्न र समितिको तर्फबाट एकजनालाई केन्द्रीय सदस्य मनोनित गर्न सभापति देउबालाई अनुरोध गर्ने निर्णय गरेका छन्।

- Advertisement -

हाल ३५ देशमा जनसम्पर्क समितिको संगठन विस्तार भइसकेको छ। बैठकमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट, नेपाली जनसम्पर्क समिति,ओमानका सभापति शालिकराम चापागाईसहित क्यानडाका सभापति बुद्धिप्रकाश ओली,साउदी अरबका सभापति अर्जुन थापा, युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, कतारका सभापति अजीज अली सहभागी थिए।

यसैगरी कुबेतका सभापति राजेन्द्र रसाइली बिरही,इजरायलकी सभापति दिपीका भुषाल, बेलायतका सभापति युवराज गुरुङ, बेल्जियमका सभापति पूर्ण तिमिल्सिना, फ्रान्सका कार्यवाहक सभापति ईन्द्र बस्नेत, अष्ट्रियाका सभापति जीवनजंग कुँवर, कोरियाका सभापति भजेन्द्र क्षेत्री, जर्मनीका सभापति शिखर खड्का, जापानका सभापति रोशन केसी, माल्टाका सभापति संदेश केसी, नेदरल्याण्डका सभापति शालिक गौतम, अष्ट्रेलियाका उप सभापति दिलीप पोखरेल, नर्वेका सभापति जितेन्द्र शाही र साइप्रसकी सभापति सीता अर्याल सहभागी थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार