जनकपुरधाम, चैत २ गते ।
जनकपुरधाम नगरक्षेत्रमा आगामी दुई दिन मांस तथा मदिराको विक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
बिहिवार मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम फर्कने र शुक्रवार अन्र्तगृह परिक्रमा गर्नेभएकाले जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ ।
त्यस्तै प्रशासनले होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधानबाट रकम असुल्नेजस्ता कार्य नगर्न सचेत गरेको छ ।
प्रजिअ सुरेन्द्र पौडेलले लागुऔषध, मदिरा, भांग अन्य उत्तेजक पदार्थ खाई सवारीसाधान चलाउन, हुलहुज्जत गर्न र चर्को स्वरमा बाजा बजाउन तथा डिजे सञ्चालन गर्न समेत प्रतिबन्ध लगाएको जनाए ।