spot_img
आइतबार, बैशाख २, २०८१
आइतबार, बैशाख २, २०८१
- Advertisement -spot_imgspot_img
बिशेष खबरराहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

काठमाडौँ , चैत २ गते ।
काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोंगबु मिलन टोल बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, काठमाडौँ सामाखुसी बस्ने बागलुङ, बागलुङ नगरपालिका-८ घर भएका ३० वर्षीय रञ्जित कार्की, काठमाडौँ मनमैजु बालाजु बस्ने म्याग्दी बेनि नगरपालिका-५ घर भएका ३३ वर्षीय रामजी परियार, काठमाडौँ गोंगबु नयाँ बसपार्क बस्ने ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाईँ, काठमाडौँ गोंगबु मिलन टोल बस्ने पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जीवन कुमार श्रेष्ठ, काठमाडौँ गौशाला बस्ने रामेछाप गागल गाउँपालिका-८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ घर भएका रमेश बजगाईँ, काठमाडौँ माछापोखरी बस्ने काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दीप मैनाली, काठमाडौँ धुम्बाराही पिपलबोट बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय अभिषेक मगर, काठमाडौँ सिनामंगल बस्ने दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्‍जन तिवारी र काठमाडौँ कलङ्की बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन् ।

 

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ । उनीहरू उपर किर्ते गर्न नहुने कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार