spot_img
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
- Advertisement -spot_imgspot_img
मनोरन्जन‘कश्मीर फाइल्स’ नेपालमा रिलिज हुँदै

‘कश्मीर फाइल्स’ नेपालमा रिलिज हुँदै

जनकपुरधाम , चैत २ गते ।अनुपम खेर स्टारर बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुने भएको छ । वितरक मनोज राठीले देशभरका हलमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिए ।

भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको यो फिल्मलाई समीक्षा पनि उत्कृष्ट मिलिरहेको छ । ‘भारतको कमाइ र समीक्षाको ट्रेन्ड हेरेपछि नेपालमा ल्याउनैपर्ने देख्यौं,’ राठीले भने, ‘शुक्रबार सबै हलबाट रिलिज हुन्छ ।’

भारतीय बक्स अफिसमा फिल्मले पाँच दिनमा ६०.२० करोड नेट कमाइ गरेको छ । पहिलो दिन ३.५५ करोड कमाएको फिल्मले दोस्रो दिन ८.५० करोड, तेस्रो दिन १५.१० करोड र चौंथो दिन १५.५ करोड कमाइ गरेको थियो ।

पहिलो साताको समाप्तिसम्म फिल्मले ९० करोड भारु नेट कमाइ गर्ने प्रक्षेपण गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई ‘ब्लकबस्टर’को रुपमा उल्लेख गरेका छन् ।

भारतको कमाइ र समीक्षाको ट्रेन्डको प्रभाव नेपाली बक्स अफिसमा समेत देखिने अनुमान गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार