spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारजनकपुरधामको फूटपाथ खाली गराउने कार्य शुरु

जनकपुरधामको फूटपाथ खाली गराउने कार्य शुरु

जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिकाले सडकमा निर्माण सामग्री, फूटपाथ कब्जा गरेर पसल सञ्चालन गर्ने लगायतका कार्यमा कडाइ थालेको छ ।

- Advertisement -

तीन दिने सूचना प्रकाशन गरी उप–महानगरपालिकाले निर्माण सामग्री र फूटपाथ खाली गर्न आह्वान गरिसकेको छ । जनकपुरधामको सडक फराकिलो भए पनि निर्माण सामग्री,फूटपाथमा पसल गर्ने र सडकमै फोहर थुपार्ने लगायतका समस्या समाधान गर्नका लागि उप– महानगरका कर्मचारीहरुले सोमबार देखि अभियान तहत नै कार्य थालेका छन् । सोमबार मात्रै दर्जनौ घर निर्माण सामग्री उठाइएको छ भने अब यस्तो कार्य गरेमा जरिवाना समेत गर्ने चेतावनी दिइएको छ । सडकमा सरसफाई सामग्री राख्नाले सवारी साधन दुर्घटनाको कारक हुनुको साथै बजार कुरुप देखिने गरेको छ । तर, बजार क्षेत्रमा अधिकांश भवन निर्माणकर्ताहरु सडकमै निर्माण सामग्री राख्ने गरेका कारण दिनानुदिन यी समस्या विकराल हुँदै गएको थियो । निर्माण सामग्री उठाउन थालेपछि घर धनीहरु आ–आफ्ना सामग्रीहरु सडकमा नराख्ने सरसफाई इन्चार्ज श्याम ठाकुरले विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार