spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारताजा समाचारजनकपुर– जयनगर रेलको आजदेखि प्राविधिक परीक्षण

जनकपुर– जयनगर रेलको आजदेखि प्राविधिक परीक्षण

जनकपुरधाम– जनकपुर– जयनगर रेलको उद्घाटनको पूर्वाभ्यासको रुपमा आइतबारदेखि प्राविधिक परीक्षण सुरु हुने भएको छ ।

रेल सञ्चालनको तिथि पटक– पटक तोकिए पनि हाल सम्म रेल सञ्चालन हुन सकेको छैन् । आइतबारदेखि रेल को नियमित प्राविधिक परीक्षण हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर– बिजलपुरा– बर्दिवाससम्मको ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्मको ३२ किलोमिटर रेल सञ्चालन हुने तयारीमा पुगेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आइतबारदेखि नियमित रुपमा परीक्षणका लागि रेल सञ्चालन हुने बताए । ‘रेल सञ्चालनकालागि नेपाल रेल्वे कम्पनीले रेल ट्रयाक नजिक रहेका हाट बजारहरु हटा् ाइसकेको छ ’ महाप्रबन्धक झाले भने, नियमित रुपमा दैनिक एक पटक कुर्था– जयनगर सम्म रेल ओहर– दोहर गर्नेछ । ‘आइतबारदेखि रेल सेवा नियमित रुपमा सञ्चालन हुन्छ’ झाले भने,‘ तर तत्काल यात्रु बिनाको सेवा (ड्राई रन) सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार