जनकपुरधाम । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निर्वाचनको मितिको घोषणाको माग गर्दै सो विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरधामको शिव चोकमा टायर बालेर गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच समान्य झडप भएको थियो । उनीहरुले निर्वाचनको मिति घोषणा मिडिया मात्रै गरेर नहुने र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनु पर्ने भन्दै आन्दोलन गरेका छन् ।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल÷मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।