शनिवार नेपाल भारत खुल्ला सम्वाद समूह र कमला बचाउ अभियानको संयुक्त आयोजनामा कमला नदी बचाउ अभियानमे आर पार सहज कनेमटीभीटी विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति धनुषाको सभाहलमा सम्पन्न कार्यक्रममा वक्ताहरु चुरे र नदीहरुको संरक्षणमा गर्नुपर्नेमा जोर दिनु भए । विचार गोष्ठी प्रभावित क्षेत्रमा मात्र गरेर सार्थक हुन्छ कार्यक्रमा अतिथिको रुपमा उपस्थित गणेशमा चरनाथ नगरपालिकाकी उपमेयर मीना यादवले बताइन । चुरे र नदीको दोहनमा क्रासर उद्योगी सर्वाधिक जिम्मेवार र दोषी रहेको उपमेयर यादवको भनाइ थियो ।
क्रासर उद्योगी मापदंडको उलंघन गरेर उत्खनन गर्दै आइ रहेको उमेयरले जानकारी गराउनु भए । अफ्नो स्तरले आफू उनीहरुलाई रोक्न निरंतर अनुगमन गर्दै अइरहेको उपमेयरले बताइन । नदी संरक्षणका लागी सबै अभियानीको साथ र सहयोगका लागी उपमेयर यादवले आवाहन समेत गरिन । मानवीय क्रियाकलाप र नदीको अत्यअधिक दोहनले गर्दा तराईमा बाढी जस्तो प्राकृतिक विपदाको सामना गर्नु परिरहेको छ कार्यक्रममा उपस्थित डी.ई. विष्णुदेव यादवले बताए अत्यधिक वन जंगल फडानीले प्रतिबर्ष जन धनको क्षति हामीले व्यहोरन बाध्य छौं यादवले बताए । नदीको नियंत्रण नगरेर हामीलाई नदीको संरक्षण गर्नुपर्छमा यादवले जोड दिनु भए । मधेश प्रदेशमा बागमती र कमला नदीको संरक्षण अति आवश्यक रहेको अर्को वक्ता रतनेश्वरलाल कर्णले बताउनु भए ।
नदी संरक्षण र पानीको व्यवस्थापनका लागी सुनकोशी कमला डाइभर्सन र्निमाण अति आवश्यक रहेको कर्णले बताए । हामी चूरेको संरक्षण गर्न सकेन भने हम्रो आस पासका क्षेत्र मरुभुमीमा परिणत हुन्छ तसर्थ अभियानीहरुलाई कर्णले वृक्षारोपण गरेर हरित बेल्ट र्निमाण गर्न अनुरोध गरे । कमला नदी धार्मिक महत्वको नदी रहेको , मधेशमा बस्ने विभिन्न समुदायको कुलदेवीको रुपमा स्थापना भएको र कमला लाई माता भनेर सम्बोधन गर्ने चलन रहेको छ नेपाल भारत खुल्ला समुदाय समूहका अध्यक्ष राजीव झाले बताए ।
एक समयमा कमला नदी विभिन्न समुदायका लागी जीविकोपार्जनका माध्यम थिए हजारो व्यक्तीको श्रोत थियो झाले बताए । यसका अतिरिक्त कमलाको आसपासका क्षेत्र अत्यधिक उपजाउ पनि थियो अतएव यसको संरक्षण अति आवश्यक रहेको झले ठहर गरे । कार्यक्रममा रेलवेट्राक सरसफई अभियानी रुबी झा दुधमती सरसफई अभियानी सुदीप मंडल पत्रकार सुजीत झा ,विभिन्न सरोकारवाला व्यक्तीहरु लगायत २५जनाको उपस्थित थिए । सबै जनाले चूरे र नदी संरक्षणमा आफ्नो स्तरवाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।