spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारराजनितिजनमत पार्टीका कार्यकर्ता र किसानहरुद्वारा जन्जिर जुलुस प्रदर्शन

जनमत पार्टीका कार्यकर्ता र किसानहरुद्वारा जन्जिर जुलुस प्रदर्शन

किसान आन्दोलन अन्तर्गत जनमत पार्टीका कार्यकर्ता र किसानहरुले आज जन्जिर जुलुस प्रदर्शन गरेको छ ।

सिरहा, धनुषा, महोत्तरी, सप्तरी लगायतका जिल्लाहरुमा जनमतका कार्यकर्ता र किसानहरुले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् । हातमा जन्जिर बाँधेर किसान र जनमतका कार्यकर्ता किसानको माग पुरा गर, किसान विरोधी सरकार मुर्दावाद, पक्राउ परेका किसानलाई रिहा गर जस्ता नारा लगाएका छन् ।

- Advertisement -

सरकारले किसानको जायज माग पुरा गर्नुको साटो दमन गर्ने गरेको र हातमा हतकडी लगाएर थुनामा राख्न थालेको विरोधमा साँकेतिक जन्जिर जुलुस प्रदर्शन गरिएको जनमतका नेता दिपेन्द्र यादवले बताए ।

जनमत पार्टी विगत एक महिनादेखि आन्दोलनरत छ । तर सरकार किसानको माग गर्नुको साटो दमनको नीति लिएिपनि जनमत पार्टी आन्दोलनबाट पछि हटेका छैन । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनमत पार्टीको भनाई छ । janakpurtoday

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार