spot_img
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
- Advertisement -spot_imgspot_img
समाचारताजा समाचारस्थानीय चुनाव: 'एकसाताभित्र सरकारले चुनावको मिति घोषणा गर्छ'

स्थानीय चुनाव: ‘एकसाताभित्र सरकारले चुनावको मिति घोषणा गर्छ’

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको दलका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सरकारले एक साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका छन्।

दलहरूले भनेजस्तो स्थानीय निर्वाचनसम्बन्धी ऐन र संविधानमा कुनै व्यवस्था नबाझिएको भन्दै उनले अब सरकारसँग परीक्षणका लागि समय नरहेको बताएका हुन्।

- Advertisement -

उनले भने, “हामीसँग एक हप्ताभन्दा बढी परीक्षणका लागि समय छैन। मलाई लाग्छ सरकारले एकहप्ताभित्र सरकारले निर्णय लिन्छ।”

सरकारले लिने निर्णय विवेकपूर्ण हुने र निर्वाचन आयोगले भनेजस्तै निर्वाचनको पक्षमा हुने उनले बताए।

- Advertisement -

निर्वाचनको व्यवस्थापनका लागि पनि मिति घोषणा गर्न ढिला भइसकेको भन्दै निर्वाचन आयोगले निरन्तर सरकारलाई झक्झकाइरहेको छ।

स्थानीय तह निर्वाचन ऐनको दफा ४ ले निर्वाचनको मिति तोक्नुअघि सरकारले आयोगसँग परामर्श गर्नुपर्ने व्यवस्था गरेको छ।

स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा रहेका व्यवस्था बाझिएका कारण त्यसलाई सच्याएर चुनावको मिति घोषणा गर्ने अभिव्यक्ति सत्तारुढ दलका कतिपय नेताले अभिव्यक्ति दिइरहेका छन्।

तर विपक्षी दलले भने अहिलेकै अवस्थामा चुनावमा जाने आँट नभएका कारण सरकारमा रहेका दलहरूले आनाकानी गरिरहेको दाबी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार