Home समाचार ताजा समाचार जनकपुरमा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप : आश्रुग्यास प्रहार

जनकपुरमा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप : आश्रुग्यास प्रहार

0

किसान आन्दोलन गरिरहेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा दोहोरो झडप भएको छ ।

झडपमा दर्जनौं जनमतका कार्यकर्ता र केहि प्रहरी समेत घाइते भएका छन् । जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडी महेन्द्र नारायण निधी प्रतिष्ठानमा भइरहेको राष्ट्रिय सभा निर्वाचनतर्फ प्रदर्शनकारी जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको बुझिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास हानेका गरेका छन् । पहिला खाद देउ, अनि भोट खसाउ भन्दै जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन जारी राखेका हुन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version