Home बिशेष खबर जनगणना नेपाल २०७८: पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

जनगणना नेपाल २०७८: पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

0

नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले मात्रै बढी छ।

नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्। विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार जनगणनाको पहिलो चरणमा सङ्कलित अन्य लिङ्गीहरूको तथ्याङ्क आठदेखि नौ महिनाभित्र सार्वजनिक गरिनेछ।

विभागका अनुसार नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेको छ। विसं २०६८ सालको तथ्याङ्कअनुसार उक्त दर १.४० प्रतिशत थियो।

तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर घटेको विभागका उपमहानिर्देशक रेग्मीले बीबीसीसँग भने।

”जनसङ्ख्या बढेको जस्तो देखिए पनि वृद्धिदर १ प्रतिशतभन्दा कम भएको छ। यसले नेपाल पनि विकासशील देशको सूचीमा उक्लिने सङ्केत गर्छ,” उनले भने।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version