spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रिययुक्रेनमा हमला भए अमेरिकाले 'पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने'

युक्रेनमा हमला भए अमेरिकाले ‘पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने’

- Advertisment -spot_img

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताएका छन्।

पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो।

रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्‍याउँदै आएको छ।

बाइडनले यदि रुसले आफ्नो दक्षिण-पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि “असाधारण परिणाम” निम्त्याउनसक्ने बताएका छन्।

रुसले चाहिँ ‘युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको’ आरोप लगाएको छ।

यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ।

त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार