Home समाचार कोभिड नेपाल: नेपालमा थप १० हजार जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या...

कोभिड नेपाल: नेपालमा थप १० हजार जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार नाघ्यो

0

नेपालमा पछिल्लो २४ घण्टामा १०,३३९ जना व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यसअघि शनिवारसम्म लगातार पाँच दिन दैनिक १० हजारभन्दा बढीमा सङक्रमण देखिएको बताएका अधिकारीले आइतवार ६,४६२ जनामा कोभिड पुष्टि भएको जनाएका थिए।

पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय नाघेको छ।

विगत दुई सातादेखि नेपालमा निरन्तर कोभिड-१९ सङ्क्रमण वृद्धि भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

सोमवार अपराह्ण प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा २१,२०१ वटा नमुना परीक्षण गरिएको थियो।

तीमध्ये पीसीआर विधिबाट १६,६५४ वटा र एन्टिजन विधिबाट ४,५४७ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४८ प्रतिशत भन्दा बढीमा र एन्टिजन परीक्षणमा झन्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version