spot_img
बिहिबार, फाल्गुन १७, २०८०
बिहिबार, फाल्गुन १७, २०८०
- Advertisement -spot_imgspot_img
खेलकुदअष्ट्रेलियामा हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

अष्ट्रेलियामा हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

अष्ट्रेलियामा २०२२ मा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

खेल तालिका अनुसार उद्घाटन खेल नामिबिया र श्रीलंकाबीच हुने भएको छ ।

१६ अक्टोबरबाट सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने खेलको तालिका शुक्रवार सार्वजनिक भएको हो । पहिलो दिन श्रीलंका र नामिबिया भिड्दा सोही दिन क्वालिफायर–२ र क्वालिफायर–३ बीच प्रतिस्पर्धा हुनेछ ।

२२ अक्टुबरका दिन साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्ने भएको छ ।

भारत र पाकिस्तानबीचको खेल भने २३ अक्टोबरमा हुने तालिका रहेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल सिड्नीमा २ नोभेम्बरको र एडेलेडमा १० नोभेम्बरको दोस्रो सेमिफाइनल हुनेछ ।

सुपर १२ को ग्रुप ‘वान’ मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन् । समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन् । पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन् ।

त्यस्तै समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच हुनेछन् । त्यस्तै ग्रुप ‘टु’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार