Home समाचार कोभिड नेपाल: थप पाँच हजार जनाभन्दा बढीमा कोरोना भाइरस, अहिले काठमाण्डू उपत्यकामा...

कोभिड नेपाल: थप पाँच हजार जनाभन्दा बढीमा कोरोना भाइरस, अहिले काठमाण्डू उपत्यकामा झन्डै ११ हजार जनामा सक्रिय सङ्क्रमण

0

BBC, विगत २४ घण्टामा २०,५६० वटा नमुना परीक्षण गरिएकामा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण गर्दा ३१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो।

विगत एक सातामा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण लगभग पाँच गुनाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाउँछ।

सबैभन्दा बढी सङ्क्रमण भने २१ देखि ३० र ३१ देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिएको छ।

पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ।

अधिकारीहरूले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन्।

के छ तथ्याङ्क?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोभिड-१९ सम्बन्धी विवरणमा अहिले देशभरि १८ हजार जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा भएको उल्लेख छ।

अहिले काठमाण्डू उपत्यकामा १०,८११ जना निको हुन बाँकी सङ्क्रमित छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा १११ जना र भेन्टिलेटरमा २५ जना बिरामी छन्।

विगत २४ घण्टामा १,९१३ जना काठमाण्डूमा, ३७७ जना ललितपुरमा र ३१७ जना भक्तपुरमा नयाँ सङ्क्रमित थपिएका छन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version