Home समाचार ताजा समाचार बिकानेरबाट गुवाहाटी जाँदै गरेको रेल पटरीबाट खस्यो, ३ यात्रुको मृत्यु, धेरै घाइते

बिकानेरबाट गुवाहाटी जाँदै गरेको रेल पटरीबाट खस्यो, ३ यात्रुको मृत्यु, धेरै घाइते

0

बिकानेर एक्सप्रेस (१५६३३) पश्चिम बंगालको जलपाईगुडी क्षेत्रको मैन्गुडीमा पटरीबाट खसेको छ । दुर्घटनामा ३ यात्रुको ज्यान गएको र कैयौं यात्रु घाइते भएको खबर छ । यो ट्रेन बिकानेरबाट गुवाहाटी जाँदै थियो। यसैबीच मैनागुरी पार गर्ने क्रममा यो दुर्घटना भएको हो ।

रेलका १२ वटा डिब्बा पटरीबाट खसेका छन् । यो ट्रेन बिकानेरबाट गुवाहाटी जाँदै थियो। खबर पाएलगत्तै रेलवे प्रहरी प्रशासन लगायत जिल्लाका उच्च अधिकारी घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेका थिए । दुर्घटनामा परेकाहरुलाई रेलको बोगीबाट निकालेर स्थानीय अस्पतालमा पठाइएको छ । घटना बिहीबार साँझ ५ः१५ बजे भएको हो । ट्रेनका १२ डिब्बा पटरीबाट खसेका छन् र यात्रुले भरिएका ४ वटा डिब्बा पूरै पल्टिएका छन् । ती मध्ये एउटा डिब्बा पनि पानीमा झरेको छ, जहाँबाट अलपत्र यात्रुको उद्धार भइरहेको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version