spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
बिशेष खबरशहीद परिवारलाई प्रदेश २ सरकारले ३ लाख उपलब्ध गराउने

शहीद परिवारलाई प्रदेश २ सरकारले ३ लाख उपलब्ध गराउने

विभिन्न समयमा भएका मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवारलाई प्रदेश २ सरकारले ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो ।

- Advertisement -

मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

सोमबार नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताए ।

- Advertisement -

प्रदेश सरकारले मधेश आन्दोलनमा घाइते भएकाहरुलाई पनि रकम प्रदान गरिने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए ।

यस पटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार