spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
अन्यकृषिबारामा हिउँदे तरकारी ५० प्रतिशत सस्तो

बारामा हिउँदे तरकारी ५० प्रतिशत सस्तो

बारा । कलैया बजारमा हाल उत्पादित हिउँदे तरकारी करिब ५० प्रतिशतले सस्तोमा बिक्री भइरहेको कृषकहरूले बताएका छन् । यस बर्ष २०७८/७९ मा कृषकहरूले कुल ६ हजार ३ सय ४० हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी काउली, भन्टा, बन्दाकोबी, ब्रोकाउली, मुला, केराउ, गोलभेँडा र साग उत्पादन गरेकामा सो तरकारीहरू कलैया बजारमा ५० प्रतिशतले सस्तो रुपमा बिक्री भई रहेको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो ।

कलैया बजारमा ब्रोकाउली प्रति किलो रु ५०, गोलभेँडा रु ५०, केराउ रु ५०, काउली २०, भन्टा रु २०, मुला रु १५  र साग प्रति मुठा रु २ रुपैयाँको दरले बिक्री भइरहेको बजार समिति ले जनाएको छ । सो तरकारी पुस महिनाको पहिलो सातामा ब्रोकाउली प्रति किलो रु १ सय, गोलभेँडा ८०, केराउ ८०, काउली रु ४०, भन्टा ४०, मुला २५ र साग प्रति मुठा रु ५ मा बिक्री भएको थियो ।

- Advertisement -

आर्थिक बर्ष २०७७/७८मा कृषकहरूले कुल ६ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरी प्रति हेक्टर १६ मेट्रिक टनले १ लाख १ हजार २ सय मेट्रिक टन तरकारी उत्पादन भएको थियो ।   Radio nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार