प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेताहरुको अगुवाइमा दबाबमुलक जुलुस निकालेर प्रदर्शन गरिएको हो।
जुलुसमा सहभागीहरुले मुख्यमन्त्री चाहिँदैन, वीरगन्ज बेच्न पाइँदैन, मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु होसियार भन्दै नारा लगाएका थिए।
वीरगन्जको आदर्शनग स्थित स्वीमिङपुल परिसरबाट बाजागाजासहित निस्किएको जुलुस आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै लोसपाका नेता एंव प्रदेश सांसद प्रह्लाद गिरीले मधेस आन्दोलनको केन्द्र वीरगन्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्ने माग गरे।
‘पर्सामात्र होइन, बारा, रौतहट र सर्लाहीका पनि प्रदेश सांसदहरुको माग वीरगन्जलाई नै राजधानी बनाउनुपर्ने भन्ने छ,ु उनले भने। उनले वीरगन्जलाई स्थायी राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए।
त्यस्तै लोसपाका अर्का नेता राजेशमान सिंहले मधेस आन्दोलनका बेला मधेसी नेताहरुले वीरगन्जलाई नै राधजानी बनाउन वाचा गरेको र तर अहिले सत्तामा पुगेपछि उनीहरुले त्यो वाचा भुलेको आरोप लगाए।
आन्दोलनमा गरेको वाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको उनले बताए।

‘वीरगन्जले प्रदेशको मुख्यमन्त्री त पाएको छ, तर वीरगन्जकै मुख्यमन्त्री लालबाबु राउत अहिले वीरगन्जलाई भुलेर जनकपुरलाई नै प्रदेशको स्थायी राजधानी बनाउन लागि परेका छन्। वीरगन्जका जनताले मुख्यमन्त्रीलाई चिन्ने बेला आएको छ, उनले भने।