spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारटिच फर नेपाललाई उत्कृष्ट सामाजिक उद्यम पुरस्कार २०२१ प्राप्त

टिच फर नेपाललाई उत्कृष्ट सामाजिक उद्यम पुरस्कार २०२१ प्राप्त

 

 पुस २४ काठमाडौँ , टिच फर नेपालले वर्ष २०२१ का लागि एच.आर.एम. अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट सामाजिक उद्यमको अवार्ड प्राप्त गरेको छ । योअवार्ड कर्पोरेट क्लब नेपाल प्रा. लि. ले आयोजना गरेको थियो र कार्यक्रम पुस २३ गतेका दिन सोल्टी काठमाडौंमा आयोजना गरिएको थियो ।

- Advertisement -

टिच फर नेपाल विगत १० वर्षदेखि नेपालमा शैक्षिक असमता अन्त्य गर्न गरेको अनुकरणीय कार्यको लागि उत्कृष्ट सामाजिक उद्यम पुरस्कार प्रदानगरिएको उल्लेख गरिएको थियो । “टिच फर नेपालको कामले हजारौं बालबालिकाको जीवनमा उल्लेखनीय प्रभाव पारिरहेको र निजी र सार्वजनिकविद्यालयहरू बीचको खाडललाई कम गर्न मद्दत गरेकाले सम्मान प्रदान गरिएको थियो । संस्थामा आवद्द प्रज्ञार्थी (फेलो), अलुम्नाई (पूर्व प्रज्ञार्थी, कर्मचारी, साझेदार विद्यालय, समूदाय र टिच फर नेपालका तर्फबाट सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले अवार्ड ग्रहण गर्दैसबैमा धन्यवाद दिनुभएको छ ।

“यो अवार्डहाम्रा सबै समर्थकहरूप्रति समर्पित गरेका छौँ जसले हाम्रो कामलाई विश्वास गरि सधैँ सहयोगको ढोका खोलिदिनुभएको छ । यो अवर्डविशेष गरि फेलो प्रज्ञार्थीहरुको अथक मिहिनेत र परिश्रमको देन हो । त्यसका लागि हाम्रा हाल रहेका १०७ प्रज्ञार्थी र ३१३ अलुम्नाई (पूर्व प्रज्ञार्थी) हरुलाई यो अवर्ड को श्रेय दिन चाहन्छौँ । हामीलाई उत्प्रेरित गर्नुहुने र थप हौसला प्रदान गर्ने सबैप्रति टिच फर नेपाल हार्दिक धन्यवाद दिन चाहन्छौँ ।श्रेष्ठले सम्मान ग्रहणपछि उक्त कुरा भन्नुभएको छ ।

- Advertisement -

सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिरहेको थियो । प्रधानमन्त्री देउवाले आफ्नो मन्तव्यका क्रममा देशको अर्थतन्त्रलाई उकास्न कर्पोरेट क्षेत्रको उल्लेखनीय भूमिकालाई प्रश्तुत गर्नुभएकोथियो ।

कार्यक्रममा कर्पोरेट उत्कृष्टताको लागि यस प्रकारको सम्मान पहिलो पटक गरिएको थियो । अवार्डको मुख्य उद्देश्य कर्पोरेट व्यवस्थापनका विभिन्नविधामा उत्कृष्टता प्रदान गर्ने संस्थाहरुलाई सम्मान गर्नु थियो । प्रा.डा. सुवास केसीको नेतृत्वमा रहेको स्वतन्त्र निर्णायक मण्डलले विजेता छनोट गरेकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार