निर्वाचन आयोगले पछिल्लो पटक सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलन अभियानको क्रममा प्रदेश २ मा दुइ लाख १३ हजार मतदाता थपिएका छन् । सो मध्ये धनुषामा ३८ हजार ३सय ४४ र सिरहामा २९ हजार २ सय ७८ मतदाता थपिएका हुन् ।
निर्वाचनलाई लक्षित गरेर गत मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म सञ्चालित मतदाता नामावली संकलन अभियानको क्रममा सो संख्यामा मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहंदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको संख्या बढ्दै गएको छ । यति खेर धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन् । कार्यालय नखुल्दै गेटमा ठूलो संख्यामा सर्वसाधारणको भीड देखिने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले बताए । दैनिकजसो सर्वसाधारणको भीड बढ्दै जाँदा काम गर्न असजिलो भइरहंदा पनि काम गरिरहेको उनले गुनासो पोखे । कार्यालयमा तीन÷चार वटा कम्प्युटरबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गर्दै आएको सूचना अधिकारी राउतको भनाइ छ । दैनिक ६ सयदेखि ७ सय जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले जानकारी दिइन् । २०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली संकलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड– १९ सङ्क्रमणको त्रास, विदेशबाट युवाहरू फर्किने क्रम बढ्ेको तथा स्थानीय तहको निर्वाचन नजिकिएको लगायतका कारणले मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको संख्या बढेको उनले प्रष्ट पारिन् । यसका साथै फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन छूट भएका सर्वसाधारणलाई स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट पठाउने गरेका छन् ।
मतदाता नामावली नाम दत्र्ता नभए आगामी निर्वाचनमा मत खसाल्न नपाइने र आफ् नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन पठाउने गरेको प्रमुख झाको भनाइ छ । थपिएका मतदातासंगै धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको उनले जानकारी दिइन । यसअघि धनुषामा चार लाख २५ हजार ५३ मतदाता रहेको थियो । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म दुइ चरणमा धनुषाका १६ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको प्रमुख झाले बताइन् । त्यसैगरी अभियानका क्रममा विभिन्न पेशा व्यवसाय गरी बसेका ४ सय १३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराएकोमा उनीहरुको नामावली सम्बन्धित जिल्लामा पठाइएको कार्यालयले जनाएको छ । यसैगरी थपिएका मतदातासंगै सिरहामा चार लाख ६ हजार ९ सय ७२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । मंसिर १७ गते देखि पुस १८ गतेसम्म जिल्लाका १७ वटै पालिकामा दुइ चरणमा सञ्चालन गरेको सो अभियान अन्तर्गत २२ हजार ८सय ३६ र कार्यालयबाट ६ हजार ४ सय ४२ गरी कूल २९ हजार २ सय ७८ मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन् । गत २०७४ सालको निर्वाचनमा सिरहामा तीन लाख ३२ हजार ८ सय ९४ मतदाता रहेको थिए । jankpurtoday