काठमाडौँ — सोमबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । यस दिन सबै उपसमूह घटेका छन् । परिसूचक नेप्से करिब ३० (२९.९८) अंक घटेर २५४२ मा कायम भएको छ । २१ कम्पनीको मात्रै मूल्य बढ्यो । १६७ कम्पनीको मूल्य घट्दा ५ को स्थिर रह्यो ।
कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटे ।