spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारताजा समाचारमाघ १५ गतेसम्म विद्यालय बन्द हुने

माघ १५ गतेसम्म विद्यालय बन्द हुने

काठमाडौं । कोभिड-१९ संक्रमण तीब्र गतिमा बढ्न थालेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

आज बसेको कोभिड-१९ संकट व्यबस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना रोकथामका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसी प्रवक्ता सुनिता नेपालले विद्यालय बन्द गर्ने निर्णय भएको पुष्टि गरिन् ।

पछिल्लो समय नेपालमा संक्रमित संख्या बढ्न थालेको छ । अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्ड र अन्य दर्जनौं नेतामा संक्रमण देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नै आइसोलेशनमा बसिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार